काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।
उपचारपछि शाह आज बिहान डिस्चार्च भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । शाहलाई एक सातापछि फलोअपमा बोलाइएको ती चिकित्सकले बताए ।
चिकित्सकका अनुसार शाहलाई योसहित चाथौ पटक हृदयघात भएको हो । उनको आइतबार बेलुका नै एन्जियो प्लास्टिक गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ फागुन २०८१, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हृदयाघात भएका पूर्वयुवराज पारस शाहको अवस्था सुधार
पूर्वयुवराज पारस शाहलाई हृदयघात