चितवनको विकासमा सबै मन्त्रालयको ध्यान गएको छ : प्रचण्ड

आइतबार, ११ कार्तिक २०७५, १३ : ४३
चितवनको विकासमा सबै मन्त्रालयको ध्यान गएको छ : प्रचण्ड

चितवन । पुर्वप्रधानमन्त्री,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकासका लागि सबै मन्त्रालयले ध्यान केन्द्रीत गरिरहेको बताउनु भएको छ ।
भौतिक पुर्वधार तथा यातायात मन्त्रालय अन्तर्गत भरतपुर महानगरपालिकामा चालु आर्थिक बर्षमा संचालन हुने आयोजनाहरुको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चितवन ऐतिहासिक विशेषताले गर्दा भौतिक पुर्वधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय तथा खानेपानी तथा सरसफाई मन्त्रालयले विषेश चासोका साथ चितवनलाई ध्यान दिईरहेको जानकारी दिनुभयो ।
चितवन जिल्लाको आफ्नै फरक विषेशता छ, उहाँले भन्नुभयो, ‘चितवन प्रचण्डको निर्वाचित जिल्ला मात्रै भएर होईन । यसको ऐतिहासिक, भौगोलिक विषेशताले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिवतवनमा सबैको ध्यान केन्द्रीत छ ।’
अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय सिटी हल र अन्तर्राष्ट्रिय क्रिकेट रंगशालको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग विषेश छलफल भएको भन्दै यसको निर्माण प्रकृया अब चाडै सुरु हुने बताउनु भयो ।

भारत र चीन भ्रमणका क्रममा भरतपुरलाई देशकै र अन्तर्राष्ट्रिय रुपमा नमुना बनाउन मित्र राष्ट्र चीन र भारतको उच्च नेतृत्वसँग वार्ता भएको भन्दै उहाँले चितवनमा अन्तर्राष्ट्रिय परियोजनाहरु संचालन गर्ने तयारी भईरहेको बताउनुभयो ।
भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दुरीको ठोरी केरुङ लोकमार्ग र ठोरी माडी हुलाकी सडकखण्डको निर्माण कार्य यसै बर्षदेखि प्रराम्भ हुने प्रचण्डको भनाई थियो । नेपालमा रहेका हुलकी सडकखण्डमध्ये सबैभन्दा सुरुमा यहि हुलकी सडकको काम भारतले अघि बढाउन लागेको बताउनुभयो ।  

 

प्रतिक्रिया दिनुहोस