कांग्रेस आईका अध्यक्ष राहुल गान्धी २ घण्टा प्रहरीको नियन्त्रणमा

शुक्रबार, ०९ कार्तिक २०७५, १७ : ०१
कांग्रेस आईका अध्यक्ष राहुल गान्धी २ घण्टा प्रहरीको नियन्त्रणमा

काठमाडौं : भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
।  सीवीआई प्रमुख आलोक बर्मालाई सरकारले गरेको बर्खास्तीको विरोधमा भएको प्रदर्शनमा राहुललाई नियन्त्रणमा लिएको हो।

विरोध र्यालीको नेतृत्व गरेका राहुललाई दिउसो १ बजे र्यालीबाटै पक्राउ गरेको हो । राहुललाई लोधी प्रहरी स्टेशनमा २ घण्टा राखेर छोडिएको छ ।  आम निर्वाचन आउन एक वर्ष बाँकी रहँदा विपक्षी दलका नेता राहुल गान्धी मोदी सरकारका काम कारवाहीप्रति आक्रामक हुँदै आएका थिए ।

गान्धीले लोधी रोड पुलिस स्टेशनबाट निस्कदै गर्दा प्रधानमन्त्री मोदीले बदमासी गरेको प्रतिक्रिया दिए । उनले मोदीले बदमासी गरेको विषय सम्पूर्ण भारतले बुझेको भन्दै आफु देशका लागि जतिपटक पनि गिरफ्तारी दिन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस