अध्यक्ष दाहालको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम हुने

विहीबार, ०८ कार्तिक २०७५, १३ : ५८
अध्यक्ष दाहालको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम हुने

चितवन । पुर्व प्रधानमन्त्री, चितवन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम हुने भएको छ ।
नेकपा, जिल्ला पार्टी कार्यालय चितवनको आयोजनामा यही आउंँदो ११ गते भरतपुरको होटल स्टार ब्याङ्कुटमा क्रार्यक्रम गरिन लागेको हो ।

नेपालीहरुको महान चाड दिपावली, नेपाल संवत एवं छठको अवसर पारी शुभकामना आदान प्रदान गर्न लागिएको पार्टी कार्यलय चितवनले जानकारी दिएको छ। उहांँको साथमा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको समेत आतिथ्यता रहने बताईएको छ । यससंँगै अध्यक्ष प्रचण्ड जिल्लाका अन्य कार्यक्रममा समेत सहभागी हुनेछन ।

प्रतिक्रिया दिनुहोस