काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिन बीआरआई फ्रेमवर्कमा हस्ताक्षर नभएको प्रस्ट पारेका छन् ।चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले विआरआई अन्तर्गतका परियोजना ऋणका रूपमा लिने गरी हस्ताक्षर नगरेको बताएका हुन् ।
‘अस्ति मैले आमसभादेखि नै ऋण लिन जाने होइन भनेको थिएँ । ऋणबारे कुरा पनि चलेन । बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनका क्रममा छुट्टै छलफल गर्छौँ । हामीले प्राप्त गरेको कुरा ऋण होइन । कुरा पनि चलेको पनि छैन’, प्रधानमन्त्रीले भने, ‘सधैँ किन ऋण, ऋण, यो सारङ्गी किन बजेका छ ?
आफ्नो चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लीगायतसँगको छुट्टाछुट्टै भेटवार्ता भएको भन्दै ती भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको बताए । त्यसक्रममा प्रधानमन्त्रीले पोखरा विमानस्थलका बारेमा कुनै कुरा नउठेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० मंसिर २०८१, १५ : ३९
लेखकबाट थप