न्यूयोर्क । हाम्रो सौर्यमण्डल बाहिर अहिलेसम्मकै कान्छो ग्रह भेटिएको छ । यो ग्रहको उमेर ३० लाख वर्ष मात्रै भएको बताइएको छ । वैज्ञानिकहरूले यस शिशु ग्रहलाई आईआरएएस ०४१२५+२९०२ नामाकरण गरेका छन् । यो ग्रह पृथ्वीबाट ४३० प्रकाश वर्ष टाढा आणविक बादलको ताराहरूको एउटा नर्सरी नजिक रहेको छ ।
युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका म्याडिसन जी बार्बरको नेतृत्वमा ग्रहहरूमाथि गरिएको अनुसन्धानमा यो शिशु ग्रहबारे पत्ता लागेको हो । यस्तो युवा ग्रह फेला पर्नु असाधारण रूपमा दुर्लभ भएको बार्बरले बताएका छन् ।
तारा धुलोले ढाकिएको बादलको बीच ताराहरूको समूहको वरिपरि घुमिरहने भएकोले यस्ता ग्रह फेला पार्नु मुस्किल छ ।तर, यस ग्रहको बाहिरी पत्र देख्नमा अलि खस्रो देखिन्छन् । यस्तो लाग्छ कि यो ग्रह कुनै ठुलो ग्रहसँग ठोक्किएको होस् ।
नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट (टीईएसएस)को सहयोगमा पत्ता लागेको शिशु ग्रह आफ्नो होस्ट ताराको अगाडिबाट गुज्रिदा यसको प्रकाश कम हुन थाल्छ। यो ग्रहको आकार बृहस्पति ग्रह जत्रै भएपनि यसको तौल भने एक तिहाइभन्दा कम भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १३ : ०९
लेखकबाट थप