जिल्ला स्तरिय तेकवान्दो प्रतियोगितामा होप हाउस तेकवान्दो डोजाङ प्रथम

सोमबार, २९ असोज २०७५, १९ : ११
जिल्ला स्तरिय तेकवान्दो प्रतियोगितामा होप हाउस तेकवान्दो डोजाङ प्रथम

चितवन । वडा दशैंको अवसरमा आयोजित १६ औं जिल्ला स्तरिय तेकवान्दो प्रतियोगितामा जगतपुरको होप हाउस तेक्वान्दो डोजाङ प्रथम भएको छ । सोमबार ४० किलो तौल समुह देखि ६३ किलो तौल समुह सम्म भएको प्रतियोगितामा भण्डाराको शिवपुरी तेक्वान्दो डोजाङ द्धितिय र आयोजक कृष्णपुर तेक्वान्दो डोजाङ तृतिय भएको राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो । 

उनिहरुलाई भरतपुर महानगरपालिका वडा न.ं ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेले ट्रफि, मेडल र प्रमाणपत्र वितरण गनुभएको थियो । त्यस्तै उदयमान खेलाडीका रुपमा दिपिका गुरुङ पुरस्कृत भएकी छन् । ४५ किलो तौल समुहका पवन गुरुङ र ४२ किलो तौल समुहकी सुस्मिता तामाङ नगद एक हजार रुपैंया सहित पुरस्कृत भएका छन् । आइतबार देखि भएको प्रतियोगितामा १७ ओटा डोजाङको सहभागिता रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस