काठमाडौ । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई गएराति पोखरा ल्याइएको छ।
पोखरामै रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि शनिबार साँझ काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई राति नै पोखरा ल्याइएकाे हो।
लामिछानेलाई ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्नका लागि शुक्रबार कास्की जिल्ला अदालतले अनुमति दिएको थियो।अदालतको अनुमतिलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले लामिछानेलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको थियो।
सूर्यदर्शन सहकारी ठगीको पुरक जाहेरीपछि पूर्वडीआईजी छविलाल जोशीलाई गत असोज ६ गते काठमाडौँको नयाँबानेश्वरबाट पक्राउ गरेर पोखरा लगिएको थियो।
२७ दिनदेखि जोशी हिरासतमै छन्। शुक्रबार रविलाई पक्राउ गर्नुअघि उनलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
रविलाई पनि शुक्रबारबाटै गणना हुनेगरी अदालतले ५ दिन म्याद थप गर्ने सम्भावना छ। त्यसपछि प्रहरीले उनीमाथि बयान लगायतका अनुसन्धान गर्नेछ।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०८१, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सांसद पदबाट रवि लामिछाने निलम्बित
सभामुखलाई भेटेर रास्वपा सांसदहरुले गरे रवि लामिछानेलाई निलम्बन नगर्न आग्रह
रास्वपा सांसद गौतम र पराजुली सभामुखको कार्यकक्षमा
रवि लामिछानेसहित पाँच प्रतिवादीको मुद्दा न्यायाधीश राईको इजलासमा
रवि लामिछानेलाई अदालत लगियो
रवि लामिछाने लगायतविरुद्ध परेको मुद्दामा आजदेखि थुनछेक बहस