रौतहट । बाराको कोल्हबी नगरपालिका अन्तर्गत जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट कोलहवि- २ पुरानो काँटाका ६३ बर्षीय हस्थ बहादुर ठोकरको मृत्यु भएको हो ।
पुरानो काँटाको उत्तरतर्फ भित्री जंगलमा घाँस काट्न गएका ठोकर जंगलबाट नफर्केपछि आफन्त र स्थानीयहरुले जंगलमा गई खोजतलास गर्दा जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको अवस्थामा भेटिएका थिए ।
हाल शवलाई पोष्टमार्टमको लागि कलैया प्रादेशिक अस्पताल तर्फ पठाईएको प्रहरीले जनाएको छ । कोल्हवी नगर क्षेत्रमा हालसम्म जंगली हात्तीको आक्रमणबाट अहिलेसम्म ११ जनाको मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असोज २०८१, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकामा रेलको ठक्करबाट ६ हात्तीको मृत्यु
कञ्चनपुरमा हात्ती मृत फेला
निजी हात्ती : पहिले रहर अहिले कहर, व्यवसायी मारमा
जंगली हात्ती गाउँमा पसेपछि स्थानीयमा त्रास
हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु