केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा शुरु

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, ११ : ५२
केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा शुरु

काठमाडाैं । केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा शुरु भएको छ ।

शनिवार गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत, उद्धार तथा सहायता प्रभावकारी बनाउने विषयमा छलफल गर्न केन्द्रिय सुरक्षा समितको बैठक बसेको हो ।

मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा शतर्क रहन गृहमन्त्री लेखकले आग्रह गर्नुभयो ।

बैठक केही समयअघि सिंहदरबारस्थित गृह मन्त्रबालयमा शुरु भएको हो ।
 

प्रतिक्रिया दिनुहोस