महालक्ष्मी विकास बैँकको शाखा सञ्जालमा थप चार शाखा

मंगलबार, २३ असोज २०७५, १९ : १५
महालक्ष्मी विकास बैँकको शाखा सञ्जालमा थप चार शाखा

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने क्रममा काठमाडौं उपत्यका बाहिरका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । 
बैंकले मिति २०७५ असोज १७ गतेका दिन देखि झापा जिल्ला, दमक नगरपालिका वडा नं ७, दमक बजारमा आफ्नो छयहत्तरौँ शाखा स्थापना गरी कारोबार सञ्चालन गरेको छ भने असोज २१ गतेका दिन देखि सप्तरी जिल्ला, रुपनी गाउँपालिका वडा नं १, रुपनीमा आफ्नो सतहत्तरौँ शाखा स्थापना गरी बैकिङ्ग सेवा सर्व साधारण माझ उपलब्ध गराएको छ ।

यसका अतिरिक्त यस बैंकले २८ गतेका दिन देखि थप दुई शाखामार्फत कारोबार गर्ने निर्णय गरेको छ । थप दुई शाखा अन्र्तगत कैलाली जिल्ला, कैलारी गाउँपालिका वडा नं १ स्थित हसुलिया शाखा तथा बारा जिल्ला, प्रसौनी गाउँपालिका वडा नं २ स्थित प्रसौनी शाखा पर्दछन् ।  उल्लिखत शाखाहरु सञ्चालनमा आए पश्चात् यस बैंकको शाखा संख्या ७९ पुग्नेछ । 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा हालसम्मका ७७ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ९० हजार भन्दा बढि रहेको छ । बैंकले हालसम्म रु. २६ अर्ब ५ करोड निक्षेप संकलन गरी रु. २२ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ । यस बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा ,पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।
 
  

प्रतिक्रिया दिनुहोस