काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् ।बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले सुदूरपश्चिम पर्यटकीय आकर्षणको केन्द्र भएपनि राज्यबाट पछि परेको बताए ।
उनले भने, ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ । तर पनि राज्यबाट पछि परेको छ । मानव विकास सूचकाङ्कका दृष्टिकोणले समेत पछाडि परेको छ । सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको विकास लागि राजनीति दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छ ।
मन्त्री पाण्डेले नेपालमा पाँचसय भन्दा बढी पर्व र १३१ वटा भाषा भएको उल्लेख गरे । उनले भाषा सभ्यता, संस्कृति, भेसभुसा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएको बताए ।
संस्कृति र पर्यटनलाई चलायमान बनाउने र त्यसलाई सुनिश्चित बनाउनका लागि नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने उल्लेख गरे। उनले मन्त्रालयको समग्र विषयवस्तु बुझिसकेको र अब प्राथमिकताका आधारमा अघि बढ्ने समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० भदौ २०८१, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईकाओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान
छानबिन समितिले दिएका प्रतिवेदन समीक्षा गर्ने बेला आएको छ : मन्त्री पाण्डे