‘ड्युटी’मा खटिएका सहायक हवल्दारको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, १४ : ०५
‘ड्युटी’मा खटिएका सहायक हवल्दारको मृत्यु

संखुवासभा। सङ्खुवासभामा ‘ड्युटी’ गर्दागर्दै अचानक बेहोस भएका मङ्गलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हबल्दार पुरुषोत्तम निरौलाको मृत्यु भएको छ । मादी नगरपालिका–२ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको वसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा लगिएको थियो ।

तर चिकित्सकले उनलाई शनिबार साँझ मृत घोषणा गरेका थिए ।जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासि लडेर बेहोस भएका थिए ।शव परीक्षण आज धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा गरिने प्रहरीले जनाएको छ ।​ 

शव परीक्षणपछि निरौलाको घर सोलुखुम्बु लगेर परिवारलाई शव बुझाइने डीएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस