माओवादीको उपत्यका प्रदेश पदाधिकारी बैठक सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०७ भदौ २०८१, १२ : ४३
माओवादीको उपत्यका प्रदेश पदाधिकारी बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक सुरु भएको छ ।

माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा परामर्श बैठक सुरु भएको हो । यसअघि माओवादीले बागमतीको परामर्श बैठक गरेको थियो । बैठकमा पार्टी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सहित पार्टीका शीर्ष नेताहरु सहभागी छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक र पार्टीको अवस्थाबारे सम्बोधन गरेपछि प्रदेशस्तरीय नेताहरुले धारणा राख्नेछन् ।