संविधान संशोधन आँट गर्ने र हेर्ने विषय होइन : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

विहीबार, ०६ भदौ २०८१, १६ : १६
संविधान संशोधन आँट गर्ने र हेर्ने विषय होइन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन आँट देखाउने र हेर्ने विषय नभएको बताएका छन् । प्रतिनिधिसभामा बिहीबार भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले ८ वर्षको कार्यान्वयनको अनुभव र देशको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका हुन् ।

‘यसमा आँट र नआँट भन्ने प्रश्नै उठ्दैन’, उनले भने, आँट देखाउने भएर उल्किन जरुरी छैन, जे आवश्यक छ, त्यो आँट नगर्ने भन्ने पनि हुँदैन ।’ संविधान संशोधन साझा सवाल भएको प्रधानमन्त्री ओलीले बताए । ‘कसैले आँट गर्ने, कसैले आँट गर्छ कि गर्दैन भनेर हेर्ने होइन’ प्रधानमन्त्री ओलीले भने, ‘आँट गर्न परे सबैले गरौंला, आँट गर्न नपरे सबैले नगरौंला ।’

 

प्रतिक्रिया दिनुहोस