बजारमा चिनीको अभाव छैन : आपूर्तिमन्त्री यादव

आइतबार, २१ असोज २०७५, १८ : २८
बजारमा चिनीको अभाव छैन : आपूर्तिमन्त्री यादव

काठमाडौँ  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैँको मुखमा बजारमा चिनीको अभाव नभएको प्रस्ट गर्नुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा मन्त्री यादवले थप्नुभयो, “बजारमा चिनीको अभाव छ भन्ने हल्ला निराधार हो । बजारमा कहीँ कतै चिनीको अभाव छैन ।” 

नेपालमा हाल एक लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन भएको र बजारको आवश्यकता दुई लाख ३० हजार मेट्रिक टन रहेको जानकारी दिँदै ५० हजार मेट्रिक टन बाहिरबाट खरीद गर्नुपर्ने अवस्था रहेको मन्त्री यादवले बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७४/७५ मा दुई लाख ३५ हजार मेट्रिक टन चिनी बजारमा रहेको उल्लेख गर्नुभयो । 

मन्त्री यादवले नेपाली उत्पादनको सुरक्षा गर्नुपर्नेमा जोड दिँदै उत्पादन लागत र किसानको मिहिनेतका आधारमा नेपाली चिनी प्रतिकेजी रु ५९ मा बिक्री गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।  (रासस) 
 

प्रतिक्रिया दिनुहोस