काठमाडौ । रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
सार्वजनिक एक पोस्टरमा पूर्वशिक्षामन्त्री तथा सांसद देवेन्द्र पौडेल र अर्कोमा ज्ञानेन्द्र शाही देख्न सकिन्छ।दुवै जनालाई पोस्टरमा विशेष स्थान दिइएको छ।
यसअघि फिल्मको ट्रेलरसमेत रिलिज भइसकेको छ। साथै प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भएको पोस्टर सार्वजनिक गरिसकिएको छ।
यो फिल्म एसिड आक्रमणमा परेका ३३ जनाको वास्तविक घटनामा आधारित रहेको निर्माण टिमले जनाएको छ।
फिल्ममा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री नेपाल, सांसदद्वय शाही र पौडेल पनि विशेष भूमिकामा छन्। रमित नै निर्माता रहेको फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन्।
फिल्ममा पर्साकी तेजाबपीडित मुस्कान खातुनसहित सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, सुनिल कटुवाललगायतले अभिनय गरेका छन्। यो फिल्म आगामी भदौ ७ गते रिलिज हुँदै छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा, केपी ओलीलाई प्रधानमन्त्रीको ‘रोल’