काठमाडौँ । माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले चितवनमा पहिरोका कारण भएको बस दुर्घटनामा ६४ जना बेपत्ता भएको विषय उठाउँदै रातीको समयमा यात्रु बस सञ्चालनमा रोक लगाउन माग गरेकी छिन् ।
शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवेदीले सडकको अवस्था, जोखिमको बारेमा भरपर्दो सूचना दिने व्यवस्था मिलाउन आग्रह गरिन् । उनले विपद्को बेलामा सरकार परिवर्तन गर्न आवश्यक नरहेकोमा जोड दिएकी छिन् ।
उनले भनिन्– ‘देश गम्भीर विपद्को अवस्थामा रहेको छ, तर हाम्रा विपक्षीहरू सत्ता परिवर्तनको खेलमा व्यस्त छन् । सबै मिलेर केही समय जनतामा पीडामा सहभागी हुनुपर्छ, हुनुपर्ने बेला हो यो । सरकार दश पन्ध्र दिन परिवर्तन नगर्दा नेपालमा आकाश खस्ने र धर्ती फाट्ने थिएन ।
तर सत्ताको खेल निकै निर्मम हुँदो रहेछ, म अहिले टिचिङ अस्पतालमा जीवन मरणको अवस्थामा रहेका मनमोहन अधिकारी र उहाँलाई सत्ताबाट बेदखल गर्न उद्यत विपक्षीले संसद्मा गरेको बहस र यो बहस सम्झिरहेको छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ असार २०८१, ११ : ५०
लेखकबाट थप