सोनाक्षीको विवाह सकिन नपाउँदै आमा बन्ने चर्चा

एजेन्सी

आइतबार, २३ असार २०८१, ११ : २७
सोनाक्षीको विवाह सकिन नपाउँदै आमा बन्ने चर्चा

एजेन्सी । कलाकारको जीवन गसिप र अफवाहले घेरिएको हुन्छ। विषेशगरी अभिनेत्रीहरूलाई अविवाहित हुँदा विवाह कहिले र विवाहपछि आमा कहिले बन्ने भन्ने प्रश्नले छोड्दैन ।

हाल एक बलिउड अभिनेत्रीले दर्शकले प्रश्न गर्नुभन्दा पहिले नै दर्शकलाई सोच्न बाध्य बनाएकी छन्। हालैमात्र विवाह बन्धनमा बाँधिएकी अभिनेत्री सोनाक्षी सिन्हा अस्पतालमा भेटिँदा उनका फ्यानमा सोनाक्षी कतै आमा बन्न लागेकी त होइनन् भन्ने खुल्दुली बढाएको छ।

सोनाक्षी हालै आफ्ना पति जहिर इकबालका साथ भारतको मुम्बईस्थित कोकीलाबेन अस्पतालमा पापाराजीहरूले भेटेपछि उनको भिडियो तथा तस्वीर कैद गर्न सफल भए। ती तस्वीर सामाजिक सञ्जालमा आएपछि नेटिजन (सामाजिक सञ्जालमा सक्रिय व्यक्ति) हरूले सोनाक्षी गर्भावस्थाको जाँच गर्न अस्पताल गएको हुनसक्ने अनुमान लगाउँदै सो विषयलाई फैंलाएका छन्।

हुन त सोनाक्षी अन्य स्वास्थ्य समस्याका कारण अस्पताल गएकी हुन सक्छिन्। तर, आफ्नो बारेमा यस प्रकारको हल्ला फिँजिदा पनि मौन छिन्। केही मानिसले त सोनाक्षीले पनि अभिनेत्री आलिया भट्टको जस्तै छाँटकाँट ल्याउन लागेको भनेका छन्। आलियाले रणवीरसँग विवाह गरेको केही दिनपछि नै आफू आमा बन्न लागेको साझा गरेकी थिइन् र ७ महिनामा नै छोरी राहालाई जन्म दिएकी थिइन्। सो कुराले पनि बलिउड नगरीमा राम्रै स्थान पाएको थियो।

फरक धर्म (मुस्लिम) समुदायका अभिनेतासँग विवाह गरेको भन्दै ट्रोलिङको सिकार बनेकी सोनाक्षी फेरि एक पटक अस्पताल गएकै कारण आमा बन्न लागेको अस्पष्ट खबरका कारण चर्चामा छिन् ।

प्रतिक्रिया दिनुहोस