घण्टाघरको घडी मर्मत गराउन रास्वपा सांसद शाहले गराए ध्यानाकर्षण

सफल खबर संवाददाता

आइतबार, ०९ असार २०८१, १३ : १७
घण्टाघरको घडी मर्मत गराउन रास्वपा सांसद शाहले गराए ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले घण्टाघरको घडी मर्मत गराउन ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद शाहले घण्टाघरको मर्मत गर्न ध्यानाकर्षण गराएका हुन् । उनले काठमाडौंको चिनारीसँगै ऐतिहासिक महत्व बोकेको घण्टाघरमा रंगरोगन गरेर मात्र नपुग्ने बताउँदै घडी समेत चलाउनु आवश्यक रहेको बताए ।

सांसद शाहले घण्टाघरमा मर्मत गर्नुपर्ने जिम्मेवारी काठमाडौं महानगरको होकी पुरातत्व विभागको हो भनेर प्रश्न गरेको छ ।

उनकाे भनाइ यस्ताे छ

घण्टीघरबाट निस्केको आवाज़ त ठूलो aहुँदैछ तर घण्टाघरको आवाज भने बन्द भएको छ ।

कुनै बेला शहरमा ध्वनि प्रदूषण कम थियो,घण्टाघरको घड़ीको आवाज जताततै सुनिन्थ्यो , राजधानीबासीहरु समय थाहा पाउन घण्टाघरको घडीको भर थियो।

नेपाली सेनाले दिउँसो १२ बजेको समय घण्टाघरबाट् यकिन गर्थ्यो र तोप पड्काउँथ्यो। प्रधानमन्त्री वीरशमशेरले सन् १८७५ सालमा बनाएको पुरातात्विक र ऐतिहासिक महत्वको घण्टाघर आज अलपत्र अवस्थामा छ।

काठमाडौँ शहरकै समयसूचक बनेको घण्टाघर डिजिटल युगको शुरूआतसँगै छायामा पर्दै गएको छ

घण्टाघरलाई पुरानै अवस्थामा फर्काएर घडी चलाउने कुरामा अहिलेसम्म स्थानीय, प्रदेश र संघीय सरकार कसैले पनि पहल गरेका छैनन्।
यसलाई हेर्ने पुरातत्व विभागले हो या काठमाण्डू महानगर आफैले ?

काठमाण्डूको चिनारीसँगै ऐतिहासिक महत्व बोकेको घण्टाघरमा रंगरोगन गरेर मात्र पुग्दैन यसको घडी समेत चलाउनु आवश्यक छ। अन्यथा यो ऐतिहासिक धरोहरले ठिंग उभिएर गणतन्त्र र संघीयता लाई जिस्काई नै रहनेछ ।  यस तर्फ सरकारको विशेष ध्यानाकर्षण होस् ।

प्रतिक्रिया दिनुहोस