वेलकम ३ को रिलिज पछि सर्‍यो

सफल खबर संवाददाता

सोमबार, ०३ असार २०८१, १३ : ०५
वेलकम ३ को रिलिज पछि सर्‍यो

मुम्बई । बहुप्रतीक्षित चलचित्र वेलकम ३ (वेलकम टू द जंगल) यो वर्षको अन्त्यमा रिलिज नहुने भएको छ । नयाँ रिपोर्टअनुसार चलचित्रला३ अर्को वर्ष मात्र सिनेमा घरमा हेर्न पाइनेछ । चलचित्रलाई डिसेम्बर २० मा रिलिज गर्ने तयारी गरिएको थियो ।

उता, चलचित्र ‘सितारे जमिन पर’ को सुटिङ सकिएको छ । यो चलचित्र क्रिसमसमा रिलिज गर्न लागिएको छ । रिपोर्टका अनुसार सितारे जमिन परसँग चलचित्रलाई नजुधाउन वेलकम ३ को रिलिज मितिमा परिवर्तन गरिएको हो । 

सितारे जमिन परमा आमिर खानसँग जेनेलिया डिसुजा देखिँदैछिन् । त्यस्तै, वेलकम ३ मा अक्षय कुमारसहित सुनील शेट्टी, अरशद वारसी, परेश रावल, जोनी लिभर, राजपाल यादव, तुषार कपूर, श्रेयस तलपडे, रवीना टन्डन, लारा दत्त, ज्याकलिन फर्नान्डिस, दिशा पटानीजस्ता कलारहरुको अभिनय रहेको छ ।

वेलकम ३ सँग जोडिएका एक स्रोतका अनुसार चलचित्रको पहिलो सुटिङ मेमा सकिएको थियो । तर, चलचित्रमा भीएफएक्सको पनि प्रयोग गरिएको छ । यसमा काम गर्न अझै बाँकी छ । यस्तोमा यही वर्ष चलचित्र रिलिज गर्न नसकिने उनको भनाई छ ।

वेलकम ३ शृङ्खलाको पहिलो दुई फिल्म रिलिज भइसकेका छन् । सन् २००७ मा वेलकम र २०१५ मा वेलकम ब्याक रिलिज भएको थियो । यस चलचित्रलाई अनीस बाज्मीले निर्देशन र फिरोज नाडियाडवालाले निर्माण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस