ईश्वरको ट्रेलरमा अन्तरजातीय प्रेमकथा

सफल खबर संवाददाता

सोमबार, ०३ असार २०८१, ११ : २८
ईश्वरको ट्रेलरमा अन्तरजातीय प्रेमकथा

काठमाडौं । राजु गिरीको निर्देशनमा बनेको फिल्म ईश्वरको ट्रेलर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा युवायुवती आफ्नो कुलभन्दा बाहिरको प्रेममा परेपछि उत्पन्न समस्या प्रस्तुत गरिएको छ।

ट्रेलरले अन्तरजातीय प्रेमकथा भनेको छ। ट्रेलरमा ध्रुव थापा, सुनील थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, कृष्टि गुरुङलगायत कलाकार फिचर्ड छन्।

दिव्या कंगना फिल्मस्को ब्यानरमा लक्ष्मी कु“वर थापाद्वारा प्रस्तुत तथा हरिबहादुर थापाद्वारा निर्मित फिल्ममा भोजराज देवकोटाको पटकथा र संवाद, अर्जुन पोखरेल, राजेन्द्र बजगाईं र वीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र रामेश्वर हुमागाईंको छायांकन रहेको छ।

आगामी साउन ११ गते रिलिज हुने फिल्ममा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनील थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर वाङ्देल, ध्रुव थापा, रवीन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतले अभिनय गरेका छन्। नायिका अनु शाहले यही फिल्मबाट पा“च वर्षपछि अभिनयमा कमब्याक गरेकी छन्।

 

प्रतिक्रिया दिनुहोस