भरतपुर । नेपालका लागि एच एच बजाज बाईकको ८६ औं शाखा एनके मोर्टस भरतपुरमा संचालनमा आएको छ । शुक्रबार शोरुमको एक कार्यक्रमका बीच प्रदेश सांसद घनश्याम दाहाल अविनाशले उद्घाटन गर्नुभयो । भरतपुर १० हाकिमचोकमा सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधिको प्रयोग गरि शोरुमको सेवालाई अगाडि बढाईएको शोरुमका प्रोपाईटर निर्मल कंडेलले जानकारी दिनुभयो । ग्राहकको सुविधालाई मध्यनजर गर्दै भरतपुरमा बजाज बाईक शोरुम संचालनमा ल्याईएको कंडेलले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद घनश्याम दाहालले शोरुमले आगामी दिनमा विश्वसनिय भएर काम गर्नुपर्ने बताउनुभयो । ग्राहकहरुलाई सेवाको क्षेत्रमा सुन्तुष्ट बनाउन शोरुमले महत्वपुर्ण भुमिका निर्वाह गर्नेमा आशावादी रहेको उल्लेख गुर्नभयो ।
शोरुमले थ्रि एस सर्भिस सहित शुक्रबारदेखि फाईनान्सको सुविधासहित बाईक विक्री वितरण शुरु गरेको छ । शोरुमले बजाजले अल न्यू बजाज पल्सर १५० टिडि(ट्वीन डिस्क) विषेश छुटसहित विक्री गरिरहेको जनाएको छ ।
बजाज कम्पनीका उपमहाप्रबन्धक अनिल कुमार पाण्डेले बजाज बाईकको विषेशताको बारेमा जानकारी दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
सुरेन कुँवर
शुक्रबार, १२ असोज २०७५, १७ : ५९
लेखकबाट थप