चितवन। फिल्म ‘अस्ट्रेलियन दुल्हा’को छायांकन चितवनमा सुरु भएको छ । पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा शुभसाइत पूजा गर्दै फिल्मको छायांकन थालिएको हो ।
रेहान मियाको पटकथा र निर्देशन रहेको फिल्मले विवाह गरेर डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जाने र उतै बस्ने युवापुस्ताको पछिल्लो प्रवृत्तिलाई व्यंग्य गर्छ । २५ दिनसम्म चितवनका विभिन्न थलोमा फिल्म छायांकन हुँदैछ ।
फिल्ममा किशोर खतिवडा, प्रवीण आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अञ्जन शर्मा, केदार दवाडी, श्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय हुनेछ । अभिनेता खतिवडाको पछिल्लो फिल्म ‘वानर सेना’ एक वर्षअघि रिलिज भएको थियो ।
करुणा फिल्म्स तथा म्याङ्गो प्लेजर प्रालिको ब्यानरमा निर्माण हुन लागेको ‘अष्ट्रेलियन दुल्हा’मा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको संगीत, रवि कोइरालाको छायांकन छ । कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेको फिल्ममा उमेश अधिकारी (आर्य) सहनिर्माता छन् ।
फिल्मलाई आगामी तिहारमा रिलिज गर्ने लक्ष्य रहेको निर्माता समेत रहेका मियाले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ जेठ २०८१, १३ : ०८
लेखकबाट थप