मलाई नेपाली बोल्न राम्रोसँग आउँछ : राजेन्द्र महतो

विहीबार, ११ असोज २०७५, १६ : ०६
मलाई नेपाली बोल्न राम्रोसँग आउँछ : राजेन्द्र महतो

काठमाडौं  : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफुलाई राम्रोसँग नेपाली बोल्न आउने बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो आलोचना भएको भन्दै उनले नेपाली राम्रोसँग बोल्न नआएर भन्दा आफ्नो भाषाको पहिचान र मान्यताका लागि बोलेको जनाए ।

जबसम्म मान्यता पाउँदैन तबसम्म बोलिरहन्छु’ उनले नेपाली भाषामै भने ।

संसदमा बिहीबार पनि हिन्दीमा संबोधन गरेका महतोले मधेसको माग समेटेर संशोधन नगरेमा यो संविधानको दुर्गति हुने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस