नेटफ्लिक्सले ‘हीरामण्डी’को दोस्रो सिजन ल्याउने

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, १३ : १०
नेटफ्लिक्सले ‘हीरामण्डी’को दोस्रो सिजन ल्याउने

काठमाडौं । विश्वव्यापी रुचाइएको सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी : द डायमण्ड बजार’को दोस्रो सिजन आउने पक्का भएको छ । भेराइटीका अनुसार नयाँ श्रृंखला ल्याउनेबारे नेटफ्लिक्सले निर्मातासँग सम्झौता गरेको छ ।

मे १ मा स्ट्रिमिङ भएको यो श्रृंखलाले ४३ मुलुकमा नेटफ्लिक्सको गैरअंग्रेजी विधामा धेरै हेरिनेमध्ये सिरिजको रेकर्ड रचेको थियो । यति मात्रै होइन, यो सिरिजले नेटफ्लिक्समा अहिलेसम्म धेरै हेरिने हिन्दी सिरिजको कीर्तिमान समेत राखेको थियो ।

रिलिज भएयता यो श्रृंखला नेटफ्लिक्स प्लाटफर्ममा भारतीय तालिकाको शीर्षस्थानमा रहँदै आएको छ । सन् १९२० देखि १९४७ सम्म भारत र पाकिस्तानमा विभाजन हुनुपर्व उपमहाद्वीपमा बेलायतको उपनिवेशको कालखण्डको कथा यसमा चित्रण छ ।

यो सिरिज तत्कालीन ब्रिटिस भारतस्थित लाहोरको हीरामण्डीमा सेट गरिएको छ, जतिबेला त्यतिबेला राजशाही यौनकर्मीले स्वतन्त्रताको लागि लडाइँ पनि लडेका थिए ।

प्रतिक्रिया दिनुहोस