नेकपाका दुबै अध्यक्ष देश बाहिर हुदाँ कार्यवाहकको जिम्मेवारी कसलाई ?

विहीबार, ११ असोज २०७५, १३ : १९
नेकपाका दुबै अध्यक्ष देश बाहिर हुदाँ कार्यवाहकको जिम्मेवारी कसलाई ?

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य उपचारका लागि  बुधबार सिंगापुर जादै हुनुहुन्छ । त्यस्तै प्रधानमन्त्री एव नेकपा अध्यक्ष केपी शर्मा ओली पनि संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकामै हुनुहुन्छ ।
दुबै अध्यक्ष मुलुक बाहिरा रहेका बेला नेपालको सबैभन्दा ठुलो पाटीको कार्यवाहक को होला भन्ने जिज्ञासाको विषय हो ।दुबै अध्यक्ष देश बाहिर भएको बेलामा कार्यवाहक अध्यक्षको जिम्मेवारी कसले पाएको छ भन्ने नेकपाका धेरैजसो नेताहरुलाई समेत थाहा छैन । 

यसअघि दुबै अध्यक्ष बाहिर गएका बेला वरिष्ठ नेता माधव कुमार नेपालले कार्यवाहकको जिम्मेवारी पाएका थिए । तर, यसपटक नेता नेपाललाई कार्यबाहक नदिएको नेकपा उच्च स्रोतले बताएको छ ।यद्यपी, नेकपा केन्द्रीय कार्यलयका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले नेता नेपाललाई नै कार्याबहाक दिएको दाबी गरेका छन् । 

केही दिनअघि गरिएको सात प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गर्दा आफ्नो पक्षलाई वेवास्ता गरेको भन्दै वरिष्ठ नेता नेपाल लगायतले चर्को असन्तुष्टि जनाउदै आएका छन् ।    

प्रतिक्रिया दिनुहोस