काठमाडौँ । नेकपा माओवादी केन्द्रले मधेशी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्जमा उपमहासचिव मातृका यादवलाई चयन गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले यादवलाई मोर्चाको फ्याक्सन इञ्चार्जको जिम्मेवारी दिइएको भन्दै मातहतका कमिटीमा सर्कुलर पठाएका छन् ।
यस्तै जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य निमानन्द रिजाललाई लुम्बिनी प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण गर्ने निर्णय भएको कार्यालयले जनाएको छ । यस्तै प्रवास समन्वय समितिको सिफारिस अनुसार गोरखाको पालुङ्गटार नगरपालिका वडा नं– २, का प्रवास समन्वय समितिका सदस्य इन्द्रराज भट्टराईलाई गण्डकी प्रदेश समितिको सदस्यको रुपमा स्थानान्तरण गरिएको छ ।
यस्तै लुम्बिनी प्रदेश समितिका सदस्य बिष्णु थापा (दाब) लाई कर्णाली प्रदेश समिति सदस्यको रूपमा कर्णाली प्रदेशमा स्थानान्तरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीका दुई नेताको सरुवा, मातृकालाई नयाँ जिम्मेवारी
मातृका यादव अस्वस्थ, नर्भिकमा भर्ना