नेपाली काँग्रेसका महेश दाहाल नेकपा प्रवेश

मंगलबार, ०९ असोज २०७५, १० : २३
नेपाली काँग्रेसका महेश दाहाल नेकपा प्रवेश

काठमाडौँ  ।  नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल नेपाली काँग्रेस छाडेर आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । 

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेललगायतका नेताले प्रवेश गराउनुएको हो । 

अध्यक्ष प्रचण्डले नवप्रवेशी दाहाललाई स्वागत गर्दै उहाँलाई उचित जिम्मेवारी दिइने बताउनुभयो । मुलुकको विकास र समृद्धिका लागि नेकपाको नेतृत्वमा आउन समयको माग भएको जनाउँदै उहाँले पार्टी एकतासँगै देशभर आधारभूत तहसम्मको एकता प्रक्रियामा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो । 

नवप्रवेशी दाहाल लायन्स क्लब अफ इन्टरनेशनलका प्रशिक्षक पनि हुनुहुन्छ । दाहालसहित अन्य नवप्रपवेशीलाई पनि पार्टी कार्यालयमा स्वागत गरिएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस