पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन : अर्जुननरसिंह केसी

सोमबार, ०८ असोज २०७५, १८ : ०१
पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन :  अर्जुननरसिंह केसी

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित हुन नेताहरुलाई आह्वान गर्नुभएको छ । 

रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता केसीले पार्टीभित्र देखिएका विविध समस्या समाधानका लागि संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । “सरकार वा अन्य पार्टीबाट आएको चुनौतीभन्दा पनि पार्टीभित्र देखिएको गुट, उपगुट अहिलेको मुख्य चुनौती हो, पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन, निर्वाचनमार्फत सामूहिक नेतृत्वमा जानुपर्छ”, उहाँले भन्नुभयो । नेता केसीले मुलुकमा महँगी, भ्रष्टाचार, महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको र त्यसको अन्त्य गर्नुपर्नेमा जोडदिनुभयो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस