परिणाममुखी काम गर्न सरकारलाई प्रकाशमान सिंहको सुझाव

शनिबार, ०६ असोज २०७५, ११ : ४५
परिणाममुखी काम गर्न सरकारलाई प्रकाशमान सिंहको सुझाव

विराटनगर  । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारलाई जनताका निम्ति परिणाममुखी काम गर्न सुझाव दिनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले चाडपर्वको बेलामा बजारमा हुनसक्ने मङ्हगीप्रति सरकारको ध्यान जाओस् भन्नुभयो । 
उहाँले संविधानको मर्ममाथि कसैले प्रहार गरे काङ्ग्रेसलाई मान्य नहुने भन्दै कञ्चनपुरकी निर्मला पन्तको हत्याको सम्बन्धमा सरकारले सुक्ष्म अनुसन्धान गरी दोषीमाथि कडा कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । 
नेता सिंहले वर्तमान र भविष्यमा आइपर्ने चुनौतीलाई सामना गर्नेतर्फ पार्टी नेतृत्व गम्भीर नदखिएको भन्दै पार्टीलाई गतिशील र एकढिक्का गराउन आवश्यक रहेको धारणा राख्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस