अवैध लाइसेन्स प्रकरण : विभागका २ कम्प्युटर इन्जिनीयर सीआईबीद्वारा पक्राउ

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, १२ : २९
अवैध लाइसेन्स प्रकरण : विभागका २ कम्प्युटर इन्जिनीयर सीआईबीद्वारा पक्राउ

काठमाडौं। अवैध लाइसेन्स प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुईजना कम्प्युटर इन्जिनीयरलाई पक्राउ गरेको छ ।

यातायात व्यवस्था विभागमा काम गरेका कम्प्युटर इन्जिनीयर सुरजप्रकाश अर्याल र करारमा काम गरेका अर्का कम्प्युटर इन्जिनियर हरिश भट्टलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको एसपी बोगटीले बताए । नक्कली लाइसेन्स प्रकरणमा सीआईबीले पनि अनुसन्धान शुरू गरेको हो ।

प्रतिक्रिया दिनुहोस