काठमाडौँ महानगरले ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने

सफल खबर संवाददाता

शुक्रबार, १४ बैशाख २०८१, २० : ०८
काठमाडौँ महानगरले ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि (वैशाख १६ गते) बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ । वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकोले १६ गते आइतबारदेखि कार्यालय बिहान ९ बजे खोल्न लागिएको महानगरले जनाएको छ । 

थप समयमा काम गर्नका लागि कर्मचारीहरूलाई प्रोत्साहन गर्न ‘काठमाडौँ महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ ।

सेवाको गुणस्तरीयता र प्रभावकारिताका लागि अतिरिक्त समयमा समेत कार्य सम्पादन गर्न आवश्यक रहेकोले पदीय जिम्मेवारी वहन गर्न उपलब्ध गराउने स्रोत, साधन सम्बन्धी व्यवस्था मापदण्डले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस