प्रहरीलाई छक्याउँदै जनकपुरमा देखिए भूमिगत सिके राउत

विहीबार, ०४ असोज २०७५, १६ : १६
प्रहरीलाई छक्याउँदै जनकपुरमा देखिए भूमिगत सिके राउत

जनकपुर । प्रशासनलाई चुनौती दिँदै स्वतन्त्र मधेश गठबन्धनले जनकपुरमा कार्यक्रम सफल पारेको छ । स्वतन्त्त मधेशको अभियानमा लागेका डा।सिके राउत नेतृत्वको मधेश गठबन्धको पूर्व घोषित कार्यक्रमलाई असफल पार्न प्रहरीले दुईदिन अघिदेखि नै कार्यकर्तालाई धडपकड शुरु गरेको थियो ।
कडा सुरक्षा बाबजुद मधेश गठबन्धनका संयौ कार्यकर्ता जनकपुरमा प्रदर्शन गरेका छन् भने प्रहरीको विषेश खोजी सूचिमा रहेका गठबन्धका संयोजक डा।सिके राउत रामानन्दचोकमा प्रहरीप्रशासनकै अगाडी कोणसभालाई झण्डै २० मिनेट सम्बोधन गरेर पुनः भूमिगत भएका छन् ।

असोज ३ संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन भन्दै डा।सिके राउतले जनकपुरमा ‘चलु जनकपुपर, भरु जनकपुर’ कार्यक्रम आयोजन गरेका थिए । जनकपुरको बाह्रविघा मैदानमा डा।राउतले विरोध सभा गर्ने पूर्व निर्धारित कार्यक्रम रहेको थियो । तर बाह्रविघा मैदानको चारै तर्फ प्रहरीको बाक्लो उपस्थितिको साथै जनकपुरको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाएको थियो ।

बुधबार विहानदेखि दिउँसोसम्म डा.सिके राउतका झण्डै २ सय कार्यकर्तालाई प्रहरीले जनकपुरको विभिन्न स्थानबाट पक्राउ पनि गरेको छ । तर पनि डा.सिके राउतका झण्डै १ हजारको संख्यामा एकैपटक आएका नेता कार्यकर्ताहरु रमानन्दचोकबाट विरोध जुलुस शुरु गरेका थिए ।

रामानन्दचोकबाट निस्केको गठबन्धको जुलुस जानकीचोक, जनकचोक, रामचोक, मुरलीचोक, भ्रमरपुराचोकसहितको ठाउँमा प्रदर्शन गर्दै पुनः रमानन्दचोकमा कोणसभामा परिणत भएको थियो । त्यति बेलासम्म भूमिगत रहेका गठबन्धका संयोजक डा.सिके राउत एकाएक कोणमा सम्बोधन गर्न शुरु गरे । डा.राउतले कोणसभमा स्वतन्त्र मधेशको विकल्प नरहेको बताएका छन् । स्वतन्त्र मधेशको लागि जारी रहेको आफुहरुको अभियान कसैले पनि असफल पार्न नसक्नेसमेत उनले दावी गरेका छन् ।
यस्तै डा.सिके राउतका कार्यकर्ताहरुले प्रदेश २ सभा भवनको मुलगेटमा स्वतन्त्र मधेश गठबन्धको झण्डा समेत फहराएका छन् ।

प्रतिक्रिया दिनुहोस