जीवी राईबारे कूटनीतिक पत्र पठाउने तयारी

सफल खबर संवाददाता

बुधबार, ०५ बैशाख २०८१, १३ : १८
जीवी राईबारे कूटनीतिक पत्र पठाउने तयारी

काठमाडौँ । सूर्य दर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु(जीवी) राईको विषयबारे मलेसियन सरकारलाई पत्राचार गर्ने तयारी भइरहेको छ । प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा ‘कूटनीतिक नोट’ पठाउने तयारी भएको गृह उच्च अधिकारीले बताए ।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’बाट रेड नोटिस नै जारी भएका राईलाई नेपाल ल्याउने तयारी अनुसार पत्राचार गरिन लागिएको ती अधिकारीको भनाई छ । १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस