यस कारण भयो चिनीको आयात पूर्ण बन्देज

मंगलबार, ०२ असोज २०७५, १३ : ५६
यस कारण भयो चिनीको आयात पूर्ण बन्देज

काठमाडौं : सरकारले यस बर्ष चिनी आयातमा पूर्ण रुपमा बन्देज लगाएको छ । अहिले दुई लाख मेट्रिक टन चिनी मौजदात रहेको सरकारी तथ्यांक रहेको छ । आयात बन्देज हुँदा मूल्यमा केही असर देखिएता पनि समग्रमा सकरात्मक प्रभाव पार्ने अर्थमन्त्रालयका अधिकारीको भनाई छ ।
अगामी पुस महिनादेखि उखु पेल्न सुरु हुने र एक लाख ४० हजार मेट्रिक टन बराबरको उखु पेलिने भएकाले चिनीको अभाव नहुने बताईएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले भने ‘यो वर्षको लागि निर्धारण गरिए बराबरको कोटाको चिनी आयात भइसकेको कारण बन्देज नै भने पनि हुन्छ।’ उनले चिनीको आयातमा बन्देज लगाएको कारण अभाव नहुने दाबी गरेका छन्। नेपाललाई आवश्यक पर्ने चिनी बराबरको मौजदात रहेको कारण यो वर्षलाई कुनै पनि समस्या नपर्ने उनले बताए। त्यस्तै सरकारले यसअघि चिनी उद्योगीको मार्फतबाट किसानलाई अनुदान रकम दिने गरेकोमा भने अब सोझै उखु किसानलाई नै अनुदान रकम दिने भएको छ।

 

प्रतिक्रिया दिनुहोस