नेपाली ठेकदारको सिको गर्दै भारतरको टेलम्याक कम्पनी, माथिल्लो तामाकोशीको काम ३० प्रतिशत मात्रै

सोमबार, ०१ असोज २०७५, १६ : १२
नेपाली ठेकदारको सिको गर्दै भारतरको टेलम्याक कम्पनी, माथिल्लो तामाकोशीको काम ३० प्रतिशत मात्रै

काठमाडौ : नेपालका कन्ट्रक्सन कम्पनीले काममा ढिलासुस्ती गर्ने गरेको नौलो कुरा होईन । कम्पनीहरुले काम सुरु गरेर २० प्रतिशत रकम लिएर चुपचाप बस्ने गरेका छन् । यस्तै माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा जोडेने गरि आगामी पुस मसान्तमा निर्माण सक्ने भनेर तय गरिएको लक्ष्य भने पूरा नहुने स्पष्ट भएको छ ।

आयोजनामा भारतीय कम्पनी टेलम्याकले अवरोध गरिरहेकै छ । उसले तोकिएको कार्य सम्पादन गर्न समेत अटेर गरिरहेको छ । हिउँदभरी निदाएर बसेको भारतीय ठेकेदार बर्खा लाग्न थालेपछि चल्मलाएको जस्तो देखिएको थियो । तर सामान आयात गर्न नसक्दा आयोजनना नजराम्ररी प्रभावित भएको छ । आयोजनाको हाल भौतिक प्रगति करिब ९७ प्रतिशतको हाराहारीमा पुगेको छ । तर भारतीय ठेकेदारले निर्माण सामग्री आयात गर्न नस्क्दा यस्तो भएको हो ।
विशेष गरी आयोजनाको सुरुङ भित्र रहेको दुई वटा ठाडो सुरुङमा जडान गर्ने स्टिलको पाता आयात गर्न सकिएको छ । भर्टिकल सार्प नाम दिइएको उक्त सुरुङ ३१० मिटर र ३७० मिटर लामा छन् । त्यसमा स्टिल लाइनिङ गरेर ढलान गर्नुपर्ने हुन्छ । तर भारतीय ठेकेदारले हालसम्म पनि सो कार्यको मात्रै ३० प्रतिशत काम सम्पन्न गरेको छ । ७० प्रतिशत काम कहिले पूरा हुने हो कुनै पनि ग्यारेन्टी छैन ।
आयोजनाका प्रमुख रहेका विज्ञान श्रेष्ठ पनि आयोजनाको समय लम्ब्याउन चाहन्छन् । रु ३५ अर्बको परियोजना ७० अर्ब मात्रै पुगेको छ । आयोजनाको लागत बढ्दा त्यसबाट प्राप्त हुने मिठो तर मार्न कसलाई मन नहोला र ? विज्ञान श्रेष्ठ पनि आखिर मान्छे नै परे । थोरै तिनो लोभ र पाप हरेक मान्छेको मनमा हुन्छ नै । त्यही मध्ये एक हुन विज्ञान । नामै छ उनको विज्ञान , तर कोही कसैलाई टेर्नु नपर्ने, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मेरा व्याजी हुन् भन्दै उनले पछिल्लो समय आयोजनालाई भन्सारमा परिणत गरेका छन् ।
देख्ने, जान्ने र सुन्नेहरुकाअनुसार आयोजनाको लागत बढाउन उनै विज्ञान श्रेष्ठहरु लागिपरेका छन् । अझै पनि लागत बढ्छ र बढाउने प्रयास भइरहेको छ । कारण कमिसन  ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले पनि गत महिना स्थलगत निरिक्षण गरी आयोजनाको काम तोकिएको समयमा पूरा गर्न निर्देशन दिए । तर निर्देशनअनुसार काम हुन भने सकेको छैन । पछिल्लो पटक सडकका कारण आयोजना नराम्ररी प्रभावित भएको छ ।

सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरीकोटसम्मको सडक नराम्ररी बिग्रिएको छ । सो सडक पुनः निर्माण तथा मर्मतमा निर्माण व्यवसायीले ध्यान दिएका छैनन् । उनीहरुले सडक अलपत्र पारेर छाडेका छन् । जसका कारण स्थानीयबासीलाई आवत जावत गर्न त समस्या परेकै छ । त्यो भन्दा बढी समस्या आयोजनालाई परेको छ ।

 

प्रतिक्रिया दिनुहोस