काठमाडौँ । अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभेपलाञ्चोक घर भई हाल काठमाडौँको चाबहिल बस्ने २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक घर भई चाबहिल बस्ने २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङ घर भई हाल गोकर्णेश्वर बस्ने २३ वर्षीया पूर्णिमा राई र नुवाकोट घर भई गोकर्णेश्वर घर भएका २८ वर्षीय तेम्बा लामा रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार क्यास एप, फायरकर्लिनजस्ता एपमार्फत अनलाइन बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई सट्टाबाजी खेल खेलाउने गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूको साथबाट अनलाइन खेल खेलाउन प्रयोग भएका ल्यापटप र मोबाइलसमेत बरामद गरेको छ । उनीहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको रेग्मीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिलाबल्लभ मुछिएको मानव तस्करी प्रकरणमा थप दुईजना पक्राउ
वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जना पक्राउ
अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पोखरामा ४ रास्वपा कार्यकर्तासहित ६ जना पक्राउ
१ सय केजी गाँजासहित युवक पक्राउ