खोलामा डुबेर युवकको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०६ चैत्र २०८०, ०७ : ४७
खोलामा डुबेर युवकको मृत्यु

काभ्रे ।  काभ्रेको नमोबुद्धमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। 

सोमबार दिउँसो नमोबुद्ध गाउँपालिका- ६ रोशी खाक्से बार्का खोलामा डुबेर सोही ठाउँका २६ वर्षीय कान्छामान बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बिक स्थानीय काँसीखण्ड बृहत खानेपानि आयोजनामा काम गर्दै आएका मजदुर हुन् । सँगै काम गर्ने काभ्रेको रोशी गाउँपालिका- ८ खार्पा निवासी ४० वर्षीय अमर कामी र रोशी- १० वाल्टिङ का २२ को मनोज थापा मगरसँगै उनी पौडी खेल्न गएको बेला गहिरो दहमा डुबेका हुन्। 

दहमा डुबेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।