आर्थिक सहयोगको बहानामा ठगी गर्ने ३ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०१ चैत्र २०८०, १० : ५०
आर्थिक सहयोगको बहानामा ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं। सर्वसाधारणलाई आर्थिक सहयोग गर्ने भन्दै विभिन्न माध्यमले ठगी गर्ने काममा संलग्न रहेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–८ बाट तीन जनालाई पक्राउ गरेको छ ।

विपन्न परिवारलाई आर्थिक प्रलोभनमा पारी ठगी गर्ने एकजना महिलासहित अनलाइन ठगीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ मंगलबार साँझ पक्राउ गरेको हो ।

स्थानीय विपन्न परिवारलाई सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भइ काठमाडौं बस्दै आएकी २३ वर्षीया सुनिता खत्रीले आर्थिक सहयोगका नाममा ठगी गरेको प्रहरीको भनाइ छ ।

उनले ‘डब्लु बिएससी’ कम्पनीबाट गरिब र असहायलाई आर्थिक सहयोगको लागि आएको भनी प्रतिव्यक्ति १ हजार, १५ सय र ५ सयका दरले रकम वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।रकम वितरण गरेर उनीहरुको फोटो खिच्ने र नेपाली नागरिकताको फोटोकपी लिने गरेको पाइएको छ । 

त्यस्तो गतिविधि भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली परिचालन भएको थियो ।

टोलीले नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा गाउँमा खिचेका व्यक्तिहरुको फोटो र नेपाली नागरिकताको फोटोहरु बंगलादेशी नागरिक पल्लाबी ढाका बस्ने ४९ वर्षीय महमद खालिद हुसेन र बंगलादेशकै सीतागन्ज घर भई हाल काठमाडौ नयाँ बजारमा बस्दै आएका ३७ वर्षीय महमद तानबिर हुसेन पनि संलग्न रहेको पाएको थियो ।

उनीहरुले सर्वसाधारणको नागरिकता र फोटो दुरुप्रयोग गरी गैरकानुनी रुपमा इसेवा र खल्ती जस्ता अनलाइन खाताहरु खोली आर्थिक अपराध, अनलाइन ठगी गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस