काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने यात्रुको संख्या ६ पुगेको छ ।
ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् । बस आज बिहान ५ बजे गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको थियो ।
नदीमा खसेकामध्ये ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।
उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते
जगातीमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
भोजपुरमा बोलेरो भिरबाट खस्यो, २ युवतीको मृत्यु, १२ जना घाइते
स्काभेटर दुर्घटनामा सह-चालकको मृत्यु, चालक गम्भीर घाइते
मोटरसाइकल दुर्घटनामा परी पत्रकार राई गम्भीर घाइते