कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

बुधबार, २३ फागुन २०८०, ०६ : ५१
कस्तो रहला आजको मौसम ?

काठमाडौ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

आज (बुधबार बिहान) कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभाग लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेलिटमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस