सेनाले बनाएको ५० हजार लिटरको खानेपानी ट्याङ्की उपभोक्ता समितिलाई हस्तान्तरण

सफल खबर संवाददाता

मंगलबार, २२ फागुन २०८०, १६ : ५०
सेनाले बनाएको ५० हजार लिटरको खानेपानी ट्याङ्की उपभोक्ता समितिलाई हस्तान्तरण

रसुवा।रसुवामा नेपाली सेनाले ५० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेको छ ।

सेनाको विष्णुदल गणले उत्तरगया गाउँपालिका ४ चौरखर्कमा उक्त ट्याङ्की निर्माण गरेको हो ।

निर्माण गरिएको उक्त ट्याङ्की मंगलवार एक कार्यक्रमका बीच चौरखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस