प्रीति राईको घुँडाको शल्यक्रिया सफल

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, २० : ३९
प्रीति राईको घुँडाको शल्यक्रिया सफल

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टीमकी मिडफिल्डर प्रीति राईको घुँडाको सफल शल्यक्रिया भएको छ । ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उनको शल्यक्रिया भएको हो ।

गत साता सम्पन्न वाफ महिला च्याम्पियनशिपको फाइनलमा घाइते भएकी राईको नेपाल फर्केपछि शल्यक्रिया भएको हो । प्लेमेकर राई अब तीन महिनापछि मात्रै मैदानमा फर्कन सक्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस