काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ ।
पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उदघाटन गरेको सो अधिवेसनमा आज ७ वटा समुहले आ-आफ्नो बाँकी प्रस्तुति दिनेछन् ।
हिजोसम्म २० वटा समूह मध्ये १३ समुहले आ आफ्नो धारणा राखिसकेका छन् । महासचिव देवप्रसाद गुरुङले गठन गरिएका २० वटा समूहले प्रस्तावित बिधानमा छलफल गरिसके पछि हिजोबाट प्रस्तुतिकरण सुरू भएको जानकारी दिएका छन् ।
अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकि दिए अनुसार हिजो १३ समुहले आफ्नो सुझाव दिएर टुंगाएका हुन् ।
तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ फागुन २०८०, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुलाकी मार्ग केन्द्रीत जनतासँग माओवादी : तराई–मधेश जागरण अभियानमा उर्लदो उभार देखिएको छ
माओवादी अभियान : यस्ता छन् मोरङमा तय भएका कार्यक्रम
जनतासँग माओवादी तराई-मधेस जागरण अभियान झापाबाट सुरु
ऊर्जामन्त्री खड्काको भूमिकामाथि माओवादीले उठायो प्रश्न
माओवादीको तराई मधेस जागरण अभियान आजदेखि, यस्तो छ तालिका
माओवादीले चैत मसान्तसम्म ७५३ वटै पालिकामा वडास्तरीय भेला गर्ने