‘कुमारी गज्जब बचत’ खाता : उच्च ब्याजसहित स्वास्थ्य बीमा सुविधा

सफल खबर संवाददाता

मंगलबार, ०१ फागुन २०८०, १२ : ३५
‘कुमारी गज्जब बचत’ खाता : उच्च ब्याजसहित स्वास्थ्य बीमा सुविधा

काठमाडौं। कुमारी बैंकले ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ ।​​योजनाअन्तर्गत बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा रहेको बैंकले जनाएको छ।​​बैंकका अनुसार न्यूनतम् मौज्दात १,००० रुपैयाँ रहेको खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१ प्रतिशत प्रदान गर्नुका साथै २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क डेबिट कार्डसमेत उपलब्ध गराइने छ ।​​

बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालले २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।​

बैंकले आफ्ना बचत खाताहरूमा थप परिमार्जन तथा अद्यावधिक गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउँदै जाने विश्वास लिएको छ ।दिगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आम मानव जीवनको महत्त्वपूर्ण दुई साधनका रुपमा विकसित हुँदै आएका छन् ।

कुमारी बैंकले यी दुई महत्त्वपूर्ण साधनहरूलाई एउटै योजनामा आबद्ध गरी आफ्ना ग्राहकहरू माझ प्रस्तुत गरेको हो ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग इकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस