काठमाडौं। एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेका क्यानडाका ओपनर आरोन जोन्सन रनआउट भएका छन् । ६५ बलमा ६२ रन बनाएर खेलिरहेका जोन्सनलाई भीम सार्की र आशिफ शेखले रनआउट गरेका हुन् ।६२ रन बनाउने क्रममा जोन्सनले १० चौका र दुई छक्का प्रहार गरेका थिए ।
४६ रन हुँदा आकाश चन्दको बलमा सूर्य तामाङले उनको क्याच बाउन्ड्रीमा छोडेका थिए । २४ ओभरमा १४० रन बनाउँदा क्यानडाले २ विकेट गुमाएको छ ।
यसअघि सिनियर टिममा डेब्यु गरेका मिडियम पेश बलर आकाश चन्दले नवनीत धनिवाललाई आशिफ शेखबाट क्याचआउट गराएका थिए । धनिवाल ६० बलमा ४६ रन बनाएर आउट भए । चन्दले ओपनरद्वयको ९४ रनको साझेदारी तोडेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ माघ २०८०, ११ : ३०
लेखकबाट थप