काठमाडौँ । निरन्तर तिन दिन ओरालो लागेको बजार आज भने सुधार आएको छ । बजारमा दिनभरी उतार–चडाब भएपछि अन्तिममाको २ दिनमा बजार दोहोरो अकंले बढेको हो ।
सबै मार्केट सूचक सकारात्मक छन् । रेमिटेन्स बढी रहेको छ । राष्ट्र बैंकका गर्भनरले समेत बैंकहरुको ब्याजदर सिंगल डिजिटमा आउनुपर्छ भनि सके । फागुनदेखि पुनः ब्याजदर घट्ने देखिन्छ । बजार बढ्ने नै देखिएको छ । सेयर बजारको सत्रु ब्याजदर घट्ने क्रममा छ ।
अर्थतन्त्र सुधारको गतिमा अघि बढी रहेको छ । शोधनान्तर अवस्था, रेमिटेन्स, चालु खाता लगायतमा सुधार आइरहेको छ । आन्तरिक अर्थतन्त्रका सूचकहरुमा पनि विस्तारै सुधारका संकेत देखिन थालेका छन् । अर्थतन्त्र सुधार तिर लम्कि रहदा यसको प्रभाव सेयर बजारमा सकारात्मक महोल बन्ने देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.५७ प्रतिशतले बढेर २०७६.२७ बिन्दुमा बन्द भएको छ । आज ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज ९ उपसूचकमा सुधार देखिएको छ । सोमबार बैंकिङ समूहको ०.१४ प्रतिशत, विकास बैंक समूहको ०.६५ प्रतिशत, फाइनान्स समूहको ०.३४ प्रतिशतले सेयर मूल्य बढेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से सूचकमा २ अंकको वृद्धि
सेयर बजारमा साढे २४ अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा सामान्य गिरावट
सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार
दोहोरो अंकले बढ्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ७९ करोडको कारोबार