पाकिस्तानविरुद्ध नेपालको १०० रन पूरा

यू–१९ क्रिकेट विश्वकप

सफल खबर संवाददाता

बुधबार, १० माघ २०८०, १६ : ४२
पाकिस्तानविरुद्ध नेपालको १०० रन पूरा

काठमाडौं। दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले अहिले पाकिस्तानको सामना गरिरहेको छ ।दक्षिण अफ्रिकाको इस्ट लन्डनमा दिउँसो पौने २ बजेदेखि जारी खेलमा नेपालले शतक रन पूरा गरेको हो ।नेपालले ३०.३ ओभरमा ५ विकेट गुमाएर १०० रन बनाएको हो ।

 

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।नेपालले पहिलो विकेट ४.२ ओभरमा २९ रन बनाएको अवस्थामा गुमाएको थियो । अर्जुन कुमाल १२ बलमा ६ रन बनाएर आउट भए ।त्यसपछि नेपालले ६.५ ओभरमा दोस्रो विकेट गुमायो । आकाश त्रिपाठी १० बलमा ६ रन बनाएर आउट भए । 

५० रन बनाएको अवस्थामा विपिन रावलले २६ र कप्तान देव खनालले २ रन बनाएर अविजित थिए ।पछि विपिन ३९ र देव २३ रन बनाएर आउट भएका हुन् । 

उत्तम मगर पनि ४ रनमा पवेलियन फर्किए । अहिले गुलशन झा र दीपक डुम्रे क्रिजमा छन् । यसअघि पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानमाथि सानदार जीत हात पारेको थियो ।

यसअघि यू–१९ विश्वकपमा नेपाल र पाकिस्तानबीच ३ खेल भएका छन् । तीमध्ये १ खेल अधुरै रहेको थियो भने १ मा नेपाल तथा १ मा पाकिस्तानले जीत हात पारेको थियो । सन् २००० मा श्रीलंकामा भएको यू–१९ विश्वकपमा नेपाल र पाकिस्तानबीचको खेल पूरा हुन सकेको थिएन । सन् २००२ मा नेपाल र पाकिस्तानबीच पुनः विश्वकपमा भेट भएको थियो । 

न्युजिल्यान्डमा भएको विश्वकपमा भने नेपालले समूह चरणमै पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस