आहा–रारा गोल्डकपमा मोल्टनको बल

सफल खबर संवाददाता

बुधबार, १० माघ २०८०, १२ : २२
आहा–रारा गोल्डकपमा मोल्टनको बल

काठमाडौं। मंगलबारदेखि पोखरामा शुरू भएको आहा–रारा गोल्डकप फूटबल प्रतियोगिको २३ औं संस्करणमा प्रतिष्ठित जापानी ब्रान्ड मोल्टनको बल प्रयोग भएको छ ।पोखरा रंगशालामा चलिरहेको प्रतियोगिताका लागि इनास इन्टरप्राइजेजले मोल्टन बल स्पोन्सर गरेको हो ।

 

पोखरा महानगरका मेयर धनराज आचार्यले रेफ्रीलाई बल दिएर मंगलवार खेल शुभारम्भ गरेको थिए ।इनास इन्टरप्राइजेजले स्पोन्सर गरेको बल मदन केसीले आयोजक साहारा क्लबका अध्यक्ष केशवराज बराललाई हस्तान्तण गरेका थिए ।

‘जापानबाट सिधै अर्डर गरेर ल्याउनुपर्ने भएकाले लामो समय लाग्छ, मोल्टन एकदमै बलियो र ओर्जिनल भएकाले खेलाडीको रोजाइमा पर्ने गरेको छ,’ इनास इन्टरप्राइजेजका प्रमुख राजु बास्तोलाले भने । 

 

९ वटा ‘ए’ डिभिजन क्लब तथा भुटानको पारोसहित १२ टोलीले यसपटकको प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । 

विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । साहरा क्लबको आयोजनामा चलिरहेको प्रतियोगिता संरक्षक पोखरा महानगरपालिका रहेको छ । 

प्रतिक्रिया दिनुहोस